नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – नेपालमा कोरोना संक्रमणको संक्रमणले थप ५ जनाको मृत्यु भएको छ । ललितपुर र बाँकेमा २-२ तथा मोरङमा एक जना संक्रमितको मृत्यु भएको हो ।

मेघा अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका-२४ धापाखेलका ८० वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

यस्तै ललितपुरकै अल्का अस्पतालमा उपचाररत पाटनका ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको बुधबार बिहान २-१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका ६४ वर्षीय वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनको निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल बाँकेमा पनि कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका ३ स्थायी ठेगाना भएका ३९ बर्षका पुरुषको उपचारका क्रममा आज विहान साढे १० बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

यस्तै झापाका कोरोना संक्रमित वृद्धको पनि उपचारका क्रममा मृत्यु भएको छ । भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनको आज बिहान ५स्५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*