बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ४४८८५ पुग्यो

हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४४ हजार ८ सय ८५ पुगेको छ ।

शुक्रबार प्रदेशमा थप १ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४४ हजार ८ सय ८५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरि प्रदेशमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २६ हजार ४ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म कोरोनाको कारण २ सय ४५ जनाको मृत्यु भएको छ ।

प्रदेशमा आजको दिनमा १८ हजार १ सय ५३ जना उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*