चौकीटोलबाट हराए विष्णुप्रसाद पौडेल

मकवानपुर, २८ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोल निवासी विष्णुप्रसाद पौडेल असोज १२ गतेदेखि सम्पर्कविहिन भएका छन् ।

हुँगोरो वर्णको ६१ वर्षीय पौडेलले पायल चप्पल लगाएको, खरानी रङको धर्के फुल सर्ट र छिरबिरे रङको पाईन्ट र ढाका टोपी लगाएको अवस्थामा हराएर सम्पर्कविहिन भएको बताइएको छ ।

असोज १२ गते राति ८ बजे शौचालय जान्छु भनी घरबाहिर निस्किएको र सो समयदेखि घरपरिवार तथा आफन्तहरुको सम्पर्कमा नआएको बताइएको छ ।

सम्पर्कविहिन भएका पौडेलसँग मोबाईल नभएको र परिचय खुल्ने कुनै पनि कागजपत्र समेत नरहेको जनाइएको छ । उनलाई कसैले भेटेमा नजिकैैको प्रहरी कार्यालय वा मोबाईल नम्बर ९८४५२९९४३३, ९८४५२९९४३२ र ९८६००५०२३१ मा सम्पर्क गरिदिन पनि आफन्तहरुले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*