दशैंमा घर जादा १४ दिन अनिवार्य क्वारेन्टीन बस्न आग्रह

हेटौंडा । जिल्ला प्रशासन कार्यालय पर्वतले दशै‌ं मनाउन बाहिरी जिल्लाबाट घर फर्कनेहरूलाई १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्न आग्रह गरेको छ ।

बिहीवार एक सूचना जारी गर्दै कार्यालयले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्देशन गरिएको जनाएको छ ।

प्रशासनको बिहीवार बसेको बैठकको निर्णयअनुसार, क्वारेन्टीनमा बसेरनबसेको वडाध्यक्षले अनुगमन गर्नुपर्ने छ ।

यस्तै दशैं, तिहार लगायतको चाडपर्वका अवसरमा भोजभतेर गर्ने, जुवा तास खेल्ने जस्ता मानिसको भीड हुने काम नगर्न पनि सूचना जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*