कोरोनाको कारण हेटौंडा ५ बस्ने महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ बस्ने ३३ वर्षीया महिलाको कारोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

उनको उपचारको क्रममा आज बिहान ६ बजेर १५ मिनेटमा मृत्यु भएको चितवनको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालको अनुसार तनहुँ जिल्ला, शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर् जिल्ला हेटौंडा ५ बस्ने ३३ वर्षीया महिलालाई गएको ३० असोजमा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण सहित खोकी, श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी उनी ३७ हप्ताको गर्भवती रहेको भरतपुर अस्पतालले जनाएको छ । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*