हेटौंडाका विद्यालयहरु मंसिर ११ गतेबाट खुल्ने

हेटौंडा । कोरोना भाइरसको संक्रमणको त्रासका कारण ८ महिना देखि बन्द अवस्थामा रहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु यही मंसिर ११ गते देखि खुल्ने भएका छन् । मंगलवार हेटौंडामा बसेको नगर शिक्षा समितिको बैठकले मंसिर ११ गतेबाट विद्यालय खोल्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

कोरोना त्रासकै विचमा पनि यसअघि केही घण्टा मात्र सञ्चालन भएका विद्यालय अब भने पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । यसअघि हेटौंडाका सावकिका वडाहरुका केही विद्यालयले यसअघिनै पढाइ सञ्चालन गरेका थिए ।

नेपाल सरकारले तयार पारेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय खोल्ने निर्णय गरिएको हो । गएको चैत ११ गते देखिबाट कोरोनाको त्रासका कारण बन्द रहेका हेटौंडाका सामुदायिक तथा निजी विद्यालयहरु सरकारले तोकिए अनुसारको स्वास्थ्य सावधानीको मापदण्ड पुर्ण रुपमा पालना गरेर बिद्यालय खोल्न लागिएको मेयर महतले बताए ।

स्वाथ्य सम्वन्धी मापदण्ड पालना भए नभएको नगर शिक्षा समिति र वडा शिक्षा समितिले अनुगमन गरिने भएको छ । बिद्यार्थीको सख्याका आधारमा स्वाथ्य मापदण्ड पालना हुनेगरी विद्यालय सञ्चालन गर्नुपर्ने मेयर महतले बताए । कोरोना त्रासका कारण घरमै बस्नुपरेका हजारौ बालबालिका अव भने विद्यालय जान पाउने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*