कसैले एक्लो महशुस नगरौं , सरकार साथमा छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा दिवसको अवसरमा ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न भएको बताएका छन् ।

शुभकामना दिदै प्रधानमन्त्री ओलीले कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘ यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्रतिबद्ध भएको सरकार हो । यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताउदै अब कसैले अनाथ भएँ भन्नु नपर्ने र अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति नहुने बताएका छन् ।

उनले मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन भन्दै मेरो सहारा कोही छैन भन्ने अवस्था पनि नहुने र त्यस निम्ति राज्य छ र सरकार रहेको बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*