काठमाडौँ आइपुगे भारतीय विदेश सचिव श्रृंगला

काठमाडौँ –  भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। विदेश सचिव श्रृंगला बिहीबार बिहान चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आएका हुन् ।

विदेश सचिव बनेपछि उनको यो पहिलो नेपाल भ्रमण हो। श्रृंगलाले आजै परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता कार्यक्रम रहेको छ। भेटमा दुई देशले जारी गरेका राजनीतिक नक्सा, सीमा समस्या लगायतका विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने भएको छ।

यसपछि उनी उच्चस्तरीय भेटघाटमा समेत सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

विदेश सचिव श्रृंगला नेपाल रहँदासम्म गौशलास्थित द्वारिका होटलमा बस्नेछन्।भारतीय विदेश मामिला मन्त्रालयले विदेश सचिव श्रृंगलाको भ्रमण औपचारिक भ्रमण रहेको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*