मनहरीमा बसमा मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते

हेटौंडा । मकवानपुरमा शुक्रबार बिहान सवारी दुर्घटना भएको छ । हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटारमा रोकिराखेको ना ६ ख १४८८ नम्बरको यात्रुबहाक बसलाई हेटौंडातर्फ आउँदै गरेको ना ५९ प ३२१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरासइकल चालक मनहरी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय कुन्शाल लामा गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि चितवनको पुरानो मेडिकल कजेलमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकल र बस तथा मनहरी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*