मकवानपुरमा एक जना वृद्धको शव फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर -३ पापीखोल्सामा शुक्रबार एक जना वृद्धको शव फेला परेको छ ।

मृत फेला पर्नेमा ललितपुर हुसेलका अन्दाजी ८० प्रताप बज्यु रहेका छन् । मृत अवस्थामा फेला परेको बज्युको शव पोष्टपार्टमको लागि हैटौंडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

उनको शब पापीखोल्सा नजिक सिस्नेरी-फर्पिङ सडक छेउमा मृत अवस्थामा फेला परेको थियो ।

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ सान्नानिटार नजिक राप्तीखोलामा मंगलबार भेटिएको शवको अझै पहिचान हुन सकेको छैन । शव भेटिएको ३ दिन हुदासम्म लासको पहिचान हुन सकेको छैन । अन्दाजी ४० वर्षको जस्तो देखिने पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यस्तै इन्द्रसरोवर गाउँपालिकामा बिहिबार मात्रै एक महिलाको शव फेला परेको थियो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ कुलेखानी जलासयमा थाहानगरपालिका वडा नम्बर ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको थियो । उनको शव पोष्टमार्टमको लागि बिहिबार नै हेटौंडा ल्याएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*